कञ्चनपुर : कञ्चनपुरमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालपुरमा विपरीत दिशाबाट आइरहेका जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक र सवार दुईजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको से १ च १४०५ नम्बरको जिप र पूर्वबाट पश्चिमतर्फ गइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल बेदकोट नगरपालिका, लालपुर चौराहामा एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक थापाले बताए ।
प्रहरीले जिप चालक पुनर्वास नगरपालिका–११ का २२ वर्षीय सुनील चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । मृतकको परिचय खुल्न नसकेको प्रहरी निरीक्षक थापाले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार