नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि तीन समूहबीच सहमति भएपछि सर्वसम्मत नेतृत्व टोलीको घोषणा गरिएको छ । चिरञ्जीवी ओली, संजय थापा र कमलकुमार कार्की नेतृत्वका समूहबीच सहमति भएपछि सर्वसम्मत उम्मेदवारी घोषणा गरिएको हो ।
सर्वसम्मत टोलीको अध्यक्षमा चिरञ्जीवी ओली रहेका छन् । उद्योग उपाध्यक्षमा कमलकुमार कार्की, वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा रुपा ओझा -सानु), महासचिवमा विष्णु श्रेष्ठ, उपमहासचिवमा शिव दाहाल तथा कोषाध्यक्षमा टीकामणि उपाध्याय रहेका छन् ।
सदस्यहरूमा सन्तोष पौडेल, अतुल गुप्ता, शरद अधिकारी, शरद रिजाल, सैयद जहांगिर मुसलमान, तोपबहादुर थापा, आदित्य गुप्ता, नन्दराम जैसी, चाँदबाबु अन्सारी र नगेन्द्र शाही रहेका छन् ।
यस्तै, एसोसिएसनतर्फ अब्दुल वाहिद अन्सारी र राजिब तलंगा तथा वस्तुगततर्फ फणाधर भण्डारी र सुरेशजंग बञ्जारा सर्वसम्मत उम्मेदवार रहेका छन् ।
पूर्व अध्यक्षहरू तथा निवर्तमान अध्यक्षको संयोजनमा आयोजित घोषणा कार्यक्रमको अध्यक्षता पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गरेका थिए । निर्वाचन परिचालन समिति संयोजक ललित रौनियारले सर्वसम्मत उम्मेदवारहरूको औपचारिक घोषणा गरेका थिए भने त्यसअघि कार्यक्रमको सञ्चालन महासचिव भीम रानाभाटले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष श्रेष्ठले व्यवसायीहरूको एकता नै संघको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सर्वसम्मत नेतृत्व चयनले संस्थालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । उनले नयाँ नेतृत्वले उद्योगी–व्यवसायीका साझा हितको संरक्षण गर्दै संघको गरिमालाई अझ उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरे ।
अध्यक्षका सर्वसम्मत उम्मेदवार ओलीले सर्वसम्मत नेतृत्व निर्माणमा सहयोग गर्ने सम्पूर्ण उद्योगी–व्यवसायी, पूर्व अध्यक्ष तथा अग्रजहरूप्रति आभार व्यक्त गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले नेपालगञ्जको व्यापार, उद्योग र लगानीमैत्री वातावरण निर्माण, व्यवसायीका समस्या समाधान तथा निजी क्षेत्रको आवाजलाई प्रभावकारी रूपमा उठाउन आफ्नो टोली प्रतिबद्ध रहने बताए । अध्यक्ष पदमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट थापाको पनि उम्मेदवारी घोषणा भएको थियो । तर, उनले सर्वसम्मतको वातावरण निर्माणका लागि आफू Úब्याकÚ भएको बताए ।
कार्यक्रममा संघका वहालवाला अध्यक्ष टंकबहादुर धामी, पूर्व अध्यक्ष अब्दुल वाहिद मन्सुरी Úचुन्नाÚ, निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायत उद्योगी–व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन भदौ ६ गते हुने तय भएको छ । निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन भइरहेको छ । मनोनयन दर्ताको समय दिउँसो ३ बजेसम्म तोकिएको छ भने साँझ ५ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार