Listen LIVE

कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा आज पनि स्थानीय वायु र पश्चिमी वायु सक्रिय छ । 

आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । 

प्रतिक्रिया