नेपालगञ्ज : लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले तेस्रो रिपोर्ट कार्ड (वार्षिक प्रतिवेदन) सार्वजनिक गरेकी छन् ।
प्यूठानको प्रतिनिधत्व गर्नु हुने सांसद गिरीले २०८१ मघ एक देखि २०८२ पौष मसान्तसम्मका आफुले सदनमा उठाइएका समग्र विषयसहितका गतिविधिहरू समेटेर रिपोर्ट–कार्ड सार्वजनिक गरेकी हुन् । तीन सय ६६ दिनको अवधीमा १८ दिन मात्रै सदन चलेको, १५ दिन उपस्थित भएको, तिन दिन उपस्थित हुन नसकेको र १८ वटा वैठकमा पाच पटक बोलेको लगायतका विषय उनले समावेश गरेकी छन् । सांसद गिरीले आफ्नो तर्फबाट गरिएको पहल, काम र उपलब्धिहरुसहितको प्रतिवेदन कार्डमै प्रष्ट उल्लेख गरिन् । सांसद गिरीले २०७९ साल पौष १७ गते प्रदेश सभाको सदस्य पदको शपथ ग्रहण गरेपछि लगातार वर्षेनी प्रतिवेदन सार्वजनिक गर्दै आएकी छन् ।
मेरो विद्यालय, मेरो दायित्व निरन्तर सञ्चालन, प्रदेश आयोजना बैंक कार्यविधि निर्माण, संस्थागत स्मृति हस्तान्त्रण कार्यविधि निर्माण, जेनजी पुस्तालाई रोजगारीमा प्रथमिकताका लागि वजेट कार्यान्वयनको चरणमा रहेको, प्रदेश विकास परिषद गठन, सुशासन ऐन कार्यान्वयन, कारागार बाल सुधार गृह लगायतका विषयलाई प्राथमिकतामा राखिएको कार्डमा उल्लेख गरिएको छ ।
यस्तै शसन तथा नीतिगत, पुर्वाधार तथा विकास, आर्थिक तथा वजेट, शिक्षा तथा सामाजिक विकास लगायतका सवाललाई पनि मुख्य विषयका रुपमा उठान गरिएको जनाइएको छ । लिखितरुपमा विषयसहितको प्रतिवेदन सार्वजनिक गरिनुलाई अन्य सांसदले पनि लागु गर्न सके थप पारदर्शिता र जवाफदेहिता देखिने थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार