Listen LIVE

भ्यालेन्सियासँग रियल मड्रिड घरेलु मैदानमा स्तब्ध

काठमाण्डौ : स्पेनिस ला लिगामा भ्यालेन्सियासँग पराजित भएपछि रियाल मड्रिडको उपाधि दौडमा धक्का लागेको छ। 

गएराति सम्पन्न खेलमा रियाल भ्यालेन्सियासँग २–१ ले स्तब्ध भएको हो। भ्यालेन्सियाले सन् २००८ पछि पहिलो पटक सान्टियागो बर्नाबेउमा जित हासिल गर्यो। खेलको सुरुवातमै भिनिसियस जुनियरले पेनाल्टी मिस गरे। सेजर टारेगाले रियलका किलियन एम्बापेलाई डिबक्समा लडाएपछि रियालले पेनाल्टी पाएको थियो।

तर, भिनिसियसको प्रहार गोलकिपर जियोर्गी ममार्दाश्विलीले सजिलै जोगाए पछि घरेलु टोली अग्रता बनाउनबाट चुकेको थियो। भ्यालेन्सियाका लागि माउक्तार डियाखाबीले १५औं मिनेटमा डेडलक तोडे।

उनले आन्द्रे आल्मेडाको क्रसलाई सदुपयोग गर्दा भ्यालेन्सियाले सुरुवाती अग्रता बनायो। ५०औं मिनेटमा भिनिसियसले रियालका लागि बराबरी गोल फर्काए। हृयुगो डुरोले इन्ज्युरी समयमो निर्णायक गोल गरेपछि रियाल घरेलु मैदानमै स्तब्ध भयो।

तर, अर्को खेलमा बार्सिलोनाले रियल बेटिससँग १–१ को बराबरी खेलेपछि भने रियाललाई सामान्य राहत मिलेको छ। 

रियालको ३० खेलमा ६३ अंक छ। शीर्ष स्थाननको बार्साले समान खेलमा ६७ अंक जोडेको छ। भ्यालेन्सिया ३४ अंकका साथ १५औं स्थानमा छ।

प्रतिक्रिया