Listen LIVE

एसियाली छनोटमा नेपालको विजयी शुरुवात

काठमाण्डौ : एसियाली खेलकुद छनोट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको छ ।  मलेसियामा जारी प्रतियोगितामा नेपालले चीनविरुद्ध पहिलो जित निकालेको हो । 

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२५ रन बनाएको थियो । १२६ रनको लक्ष्य पछ्याएको चीन पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०६ रनमा समेटिएको हो । चीनका लागि कप्तान जु मिजुले सर्वाधिक ३० रन जोड्नुभयो भने वाङ हुइवाङले २१ रन थपे । 

चीनलाई सस्तैमा समेट्न नेपालका लागि रिया शर्माले दुई विकेट हात पार्दा पूजा महतो, मनिषा उपाध्याय र कविता कुँवरले एकएक विकेट लिइन् । 

पहिला ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले अर्धशतक बनाएकी थिइन् । महतोले ५७ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ६३ रन बनाएकी हुन् । रुबी पोदारले नटआउट २२ रन जोड्दा सोनी पाख्रिनले १८ रन थपिन् ।

चीनका लागि कसिलो बलिङ गर्दै मा रुइकेले दुई विकेट हात पार्दा वाङ हुईइङ र ली ली च्याफिङले एकएक विकेट हात परिन् । 

एसिया छनोटमा नेपाल रहेको समूह …बीÚ मा चीन र इन्डोनेसिया छन् । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्ने छ । समूह …बीÚका नेपाल र चीनले दुई दुई अंक जोडेका छन् भने इन्डोनेसिया अंकबिहीन छ ।

समूह …एÚ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । समूह …एÚको थाइल्यान्डले चार अंक जोड्दा मलेसिया र हङकङ अंकबिहीन छन् । दुवै समूहका शीर्ष दुई टोली छनोटको सेमिफाइनल पुग्ने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्ने छन् भने पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका शीर्ष तीन टिम एसियाली खेलकुदका लागि छनोट हुने छन् ।

प्रतिक्रिया