बर्दिया : कर्णाली नदीबाट भदाली खोलामा छिरेको बाढीले राजापुर नगरपालिका– १ हिमालीपुरका चार घर डुबानमा परेका छन् । नदीमा जलस्तर बढ्दै गएका कारण तटीय क्षेत्रमा रहेका अन्य परिवारलाई पनि सचेत गराइएको राजापुर–१ का वडाध्यक्ष बाबुराम चौधरीले बताए । घर डुबानमा परेपछि सोमबार कल्ल सोनाहु, कल्ला सोनाहा, छेदुवा सोनाहा र राजेन्द्र सोनाहाको परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
चनौरामा कटान भइरहेको र जलस्तर अझै बढे सिंगो वडामा बाढी पस्ने जोखिम रहेको स्थानीय शंकर थारुले बताए । कर्णालीमा जलस्तर बढ्दै गए यो गाउँमा बाढी पसेर दर्जनौं घर डुबानमा पर्ने उनले बताए ।
कर्णाली तटीय क्षेत्रको टिउनीलगायत ठाउँ पनि बाढीको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । दौलतपुर घाटमा निर्माण भएको झलुंगे पुलदेखि दक्षिणमा नदी कटान भइरहेको राजापुर–४ का वडाध्यक्ष बिदुर पोखरेलले बताए । तटबन्धको काम केही ठाउँमा अधुरो भएकोले जोखिम रहेको उनले बताए ।
सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय राजापुरका ईन्जिनियर नविन जोशीले त्यस ठाउँमा जंगल भएको र बाटो नहुँदा तटबन्ध निर्माण गर्न समस्या भएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार