Listen LIVE

कृष्ण समीपको ‘बैशालु फूल’

काठमाण्डौ : लोकप्रिय गायक कृष्ण समीप सुवेदीको आफ्नै शब्द, लय र स्वरमा रहेको बैशालु फूल गीत सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

युट्युबमार्फत् सार्वजनिक भएको बैशालु फूल गीतमा कृष्ण समीपलाई दीपिका पौडेलले स्वरमा साथ दिएकी छन्।

कयौँ लोकप्रिय गीतहरुका सर्जक कृष्ण समीपले मौलिक शब्द र लयमा सिर्जना गरेको गीतको भिडिओसमेत मौलिक बनाउने प्रयास गरिएको छ। 

रजनी गुरुङलाई फिचरिङ गरिएको गीतमा गायक गायिका कृष्ण समीप र दीपिकाको समय अभिनय हेर्न पाइन्छ।

आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गर्दै गायक कृष्ण समीपले मौलिक शब्द र संगीतमा प्रयोगवादी सिर्जना पस्किएको बताए। 

यसअघि पनि दीपिकासँग सलल काली गंगा गीतमा सहकार्य गरेका कृष्ण समीपका दर्जनौँ लोकप्रिय गीतहरु छन्। 

शिरशिर बतास, बस्नु मन बुझाउँदै लगायत कयौँ गीतबाट चर्चित कृष्ण समीप लोकप्रिय रेडियोकर्मी समेत हुन्।

प्रतिक्रिया