बर्दिया : बर्दिया प्रहरीले बैशाख महिनामा दुई भारतीय सहित ३३ जनालाई लागु औषध सहित पक्राउ गरेको छ ।
वैशाख महिना भरीमा लागु औषध ओसार पसारमा गरेको कडाइका कारण ३३ जना पक्राउ परेका हुन् ।बर्दिया प्रहरीको लागुऔषध ओसार पसार गर्नेहरू माथी गरेको सर्च अपरेसनमा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ३०७ ग्राम २३० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारेका छ । पक्राउ पर्नेमा सबैभन्दा बढी १७ जना बर्दिया जिल्लाका रहेका छन् ।
त्यसैगरी बाँकेका नौ जना, मुगुका र सुर्खेतका दुई/दुई जना, ललितपुरका एक जना र भातिय दुई जना रहेका छन् । उनीहरू मध्ये सबै पूरुष रहेका छन् भने दुई जना नाबालक रहेका छन् । पक्राउ पर्नेहरू अधिकतम ४७ वर्ष उमेरसम्मका रहेका छन् ।
पक्राउ पर्नेमा अधिकांश सेवनकर्ता सँगै ओसार पसारमा संलग्न रहेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।
उनले सबैलाई लागुऔषध कारोबार ऐन अन्र्तगत अनुसन्धान भई कारवाहीको प्रक्रिया अगाडि बढाएको बताए । बर्दियामा विशेषगरी भारतबाट लागु औषध ब्राउनसुगर आउने गदर्छ । भारतीय सीमावर्ती बजारमा लागु औषध छ्यापछ्याप्ती बिक्री हुने गरेको स्थानीयहरू बताउँछन् ।
प्रहरीले २८० ग्राम लागु औषध सहित भारतको उत्तरप्रदेश खिरी तिकुनिया बस्ने २६ वर्षका विजय सिंह र ३५ वर्षीय तेजेन्द्र कुमार पक्राउ परेका थिए । प्रहरी निरीक्षक कार्कीका अनुसार वैशाख महिनामा सबै भन्दा बढी मात्रामा फेला परेको लागु औषध यही नै हो ।
चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म बर्दिया प्रहरीले दुई सय चार जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट नौ सय १२ ग्राम आठ सय ९३ मिलिग्राम ब्राउन सुगर बरामद भएको निमित्त सूचना अधिकारी कार्कीले बताउनुभयो ।लागु औषध नियन्त्रणका लागि बर्दिया प्रहरीले अभियान नै चलाएको छ ।
ठाउँ ठाउँमा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेपनि अपेक्षा गरे अनुसार लागुऔषध सहित पक्राउ पर्नेको सङ्ख्यामा कमी नआएको प्रहरीले जनाएको छ ।
खुल्ला सिमानाका कारण नेपालीहरू भारतको लौकाही, बलैबजार जस्ता सीमावर्ती बजारमा गएर लागुऔषध सेवन गरेर आउनेको सङ्ख्या धेरै रहेको गुलरिया नगरपालिका वडा नं ११ का जगदिश यादवले बताए ।
केही समय अगाडि भारतबाट लागु औषध सेवन गरेर आएका एकै घरका दुई जनाको मृत्यु भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार