Listen LIVE

एमाले बलियो शक्तिको रुपमा आउँछ : महासचिव पोखरेल

सुर्खेत : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताएका छन् । 

लोकतन्त्रलाई सुदृढ गर्न आवश्यक भएको बताउँदै उनले एमालेलाई बलियो र राष्ट्रिय शक्ति बनाउन लागिरहेको बताए । बिहीबार सुर्खेत विमानस्थलमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आफूहरूको आशय दुईदलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको जानकारी दिए । 

राजनीतिक स्थायित्व र विकासका लागि नेपालमा दुई दल मात्र भए पुग्ने उनको भनाइ थियो । तर कांग्रेस–एमालेले दुईदलीय व्यवस्थाको वकालत नगरेको उनले स्पष्ट पारे । महासचिव पोखरेलले युवामा निकै निराशावाद पलाएको र ती युवालाई तत्काल राज्यले रोजगारी दिने अवस्थासमेत नरहेको बताए । 

उनले एमाले–कांग्रेसको सरकार बनेपछि राजस्व वृद्धि हुन थालेको दाबी गरे । साथै उनले प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको आरोप लगाए । ‘प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन’ उनले भने, ‘त्यो लोकतान्त्रिक हुन सक्दैन ।’

प्रतिक्रिया