Listen LIVE

हुथीविरुद्ध अमेरिकी सेनाको हवाई आक्रमण, १२ जनाको मृत्यु

काठमाण्डौ : यमनमा हुथी विद्रोहीविरुद्ध अमेरिकाले ठूलो हवाई आक्रमण गरेको छ । यमनको राजधानी सानामा विद्रोहीलाई निशाना बनाएर आक्रमण गरिएको हो । 

सोमबार हुथी विद्रोहीले दिएको जानकारी अनुसार अमेरिकी हवाई आक्रमणमा १२ जना मारिएका छन् भने ३० जना घाइते भएका छन् ।

यद्दपि अमेरिकी सेनाले आक्रमणको पुष्टि गरेको छैन । हुथी विद्रोहीका अनुसार यो आक्रमण सानाको शूब जिल्लाको फरवा बजारमा गरिएको हो ।

अमेरिकी सेनाले यस क्षेत्रमा पहिले पनि आक्रमण गरेको थियो । सोमबार रातभर अमेरिकाले हवाई आक्रमण गरेको बताइएको छ ।

यमनको अन्य क्षेत्रलाई पनि निशाना बनाइएको छ । गत साता अमेरिकाले यमनको रस ईसा इन्धन बन्दरगाहमा हवाई आक्रमण गरेको थियो । जहाँ ७४ जना मारिएका छन् भने १७१ जना घाइते भएका थिए ।

प्रतिक्रिया