काठमाण्डौ : चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘फेसनको पातलो चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।
जेनिशा नेपालको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । पहिलाको र अहिलेको फेसनमा आएको परिवर्तन लाई मिलाएर लेखिएको गीतकार जेनिशा नेपालले बताइन् ।
केशब अधिकारीको छायाँकन , बिश्वास भण्डारीको सम्पादन तथा राजन महर्जनको कोरियोग्राफीमा भिडियो तयार गरिएको हो । उक्त भिडियोको निर्देशन रबिन श्री ले गरेका हुन् ।
‘फेसनको पातलो चोली‘ गीतमा मोडल दिपेन्द्र सोनाम र आयुष्मा कार्कीको फिचरिङ रहेको छ ।
2024-07-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार