नेपालगञ्ज : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाँके क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका सुधान्शु कोइरालाले मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले चुनावी परिणामलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई बधाई दिएका हुन् ।
कोइरालाले आज एक प्रेस नोट जारी गर्दै लोकतन्त्रमा जनताको निर्णय नै सर्वोच्च हुने उल्लेख गरेका छन् । निर्वाचनको क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिएका समर्थक, पार्टीका साथीहरू, शुभेच्छुक तथा नेपाली कांग्रेसको चुनाव चिह्न “रुख” मा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।
उनले मतदाताको विश्वास र मायाले आफूलाई केवल उम्मेदवार मात्र नभई जनताको सेवक बन्ने प्रेरणा दिएको पनि बताए । पार्टीले विश्वास गरेर उम्मेदवार बनाएकोमा उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापा तथा सम्पूर्ण नेतृत्वप्रति पनि आभार प्रकट गरेका छन् ।
कोइरालाले बाँके क्षेत्र नं. २ का आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको विश्वास, स्नेह र आत्मीयताले आफूलाई सधैं बलियो बनाइरहने उल्लेख गरेका छन् । उनले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताको सेवा गर्ने आफ्नो संकल्पमा कुनै कमी नआउने स्पष्ट पारेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार