नेपालगञ्ज : बाँके प्रहरीले लागूऔषध सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–५ गुरुवागाउँ निवासी ३० वर्षीय विरे भन्ने बिरेन्द्र कुमार चौधरी रहेका छन्। उनी लागूऔषध (हेरोइन) मुद्दामा ५ वर्ष १ महिना २ दिन कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका फरार प्रतिवादी हुन्। उक्त फैसला २०८२ वैशाखमा भएको थियो।
यस्तै, बर्दियाको बासगढी नगरपालिका निवासी ३३ वर्षीय राजेन्द्र थारु पनि पक्राउ परेका छन्। उनी लागूऔषध (हेरोइन) मुद्दामा ४ वर्ष ९ महिना ६ दिन कैद तथा २ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका फरार प्रतिवादी हुन्।
पक्राउ परेका दुवै प्रतिवादीलाई अदालतले तोकेको कैद तथा जरिवाना कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको बाँके प्रहरीले जनाएको छ।
2026-06-26
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार