काठमाण्डौ : नेपाल सुपर लिग एनएसएल फुटबलमा आज बुटवल लुम्बिनी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ। लिगमा पहिलो प्रतिस्पर्धा गर्न लागेका दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रिँदैछन्।
यसअघि हिजो सम्पन्न खेलमा दुई पूर्वविजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका थिए। दुई गोलको अग्रता जोगाउन नसक्दा साबिक विजेता ललितपुर काठमाडौंसँग २–२ को बराबरीमा रोकियो।
2025-03-30
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार