Listen LIVE

निखिल उप्रेती धमाधम गर्दैछन् ‘आचार्य’को छायांकन

काठमाण्डौं : निर्देशक तथा अभिनेता निखिल उप्रेतीले भारतको पश्चिम बंगालस्थित डुअर्समा आगामी निर्देशकीय फिल्म ‘आचार्य’को छायांकन धमाधम गरिरहेका छन् ।

मौसमले साथ दिए अझै केही दिन त्यहाँ छायांकन चल्नेछ । सेटबाट केही तस्वीर प्राप्त भएको छ, जहाँ निर्देशक तथा अभिनेता निखिल अन्य कलाकारलाई एक्सन कट् भन्दैछन् ।

सेटमा भारतीय कलाकार र प्राविधिकहरू पनि देखिन्छ । निखिलसहित डेब्यू अभिनेत्री पूर्णिका सिजापति र केही भारतीय कलाकारले अहिले त्यहाँ आफ्नो भागका दृश्य छायांकन गरिरहेका छन् ।

इन्डिया ट्राभलको विषयवस्तुको सुटिङ त्यहाँ भैरहेको हो । त्यसपछि विहारको बागडुगरा र ठाकुरगञ्जमा छायांकन गर्ने तयारी छ । २५ दिनपछि छायांकन टोली नेपाल आउनेछ ।

प्रतिक्रिया