Listen LIVE

महासमिति बैठकले कांग्रेसको मौलिकता जोगाउनुपर्छ : शेखर कोइराला

कुदुरकर्णाली खबर ,,,,,,,

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महासमिति बैठकमा पेश हुने प्रस्ताव परिमार्जन हुनुपर्ने बताएका छन् । बिपी अध्ययन प्रतिष्ठान केन्द्रीय समितिले काठमाडौँको बत्तिस पुतलीमा आइतबार गरेको चियापान समारोहमा कोइरालाले महासमितिमा पेश गरिने प्रस्तावहरू मौलिकतामा आधारित हुनुपर्ने बता

महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, साङ्गठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन

‘यसपालि केन्द्रीय समितिमा पेश भएको महासमितिमा पेश गरिने प्रस्तावहरू एकीकृत रूपमा आएन। परिमार्जन होस् भन्ने मेरो चाहना हो, मौलिकतामा आँच आउन हुँदैन । मौलिकतामा आधारित बनाउनुपर्छ,’ कोइरालाले भने, ‘पहिलेका महासमिति र यस पटक केही अन्तर हामीले पाएका छौँ । मलाई के लागेको छ भने —कतै कांग्रेसले मौलिकता त गुमाएको होइन रु यसमा मलाई चिन्ता लागेको छ।’

नेता कोइरालाले महासमिति बैठकमा छलफलका लागि पेश गरिने प्रस्तावहरूमा गठबन्धनको छाया देखिएको बताए।  ‘गठबन्धनको छायाले हामीहरू ग्रसित भएका हौँ कि भन्ने चिन्ता लागेको छ,’ उनले भने । कोइरालाले देशले अवलम्बन गरेको व्यवस्था र निर्वाचन प्रणालीबिच तादाम्यता कायम हुन नसकेको बताए ।


‘एकातिर संसदीय प्रणाली छ, अर्कातिर बहुमतको सरकार बन्ने स्थिति नै छैन,’  उनले भने, ‘कतै हाम्रो निर्वाचन प्रणालीमै समस्या त होइन रु कांग्रेसले अब पहल गर्नुपर्छ । सबै दलसँग बसेर छलफल गर्नुपर्‍यो । निर्वाचन प्रणाली बदल्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो 



प्रतिक्रिया