नेपालगञ्ज : नेपालगञ्जमा दुई लाख रुपैयाँ पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ ।
भेरी रकर्स स्पोट्र्स क्लबको आयोजनामा नेपालगञ्जको विशालनगरमा वैशाख ३ गतेदेखि रात्रिकालीन क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको हो ।
टेनिस बलले खेलिने प्रतियोगिता १० ओभरको हुनेछ । ३२ वटा टोलीले भाग लिने प्रतियोगिताको उपविजेताले एक लाख रुपैयाँ पाउने क्लबका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिए ।
प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । क्लबले आयोजना गरेको यो चौथो संस्करण हो ।
2026-04-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार