Listen LIVE

नेपालले आज घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दै

काठमाण्डौ : वुमन्स डे कपमा नेपालले आज घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ। 

जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालबाट आज सुधारको अपेक्षा गरिएको छ।

एन्टेबे ओभलमा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने पाँच बजे सुरु हुनेछ। नेपालले, अहिलेसम्म जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ। र, त्यो जित युगान्डासँग नै थियो। लिगको पहिलो चरणमा नेपालले युगान्डालाई एक विकेटले हराएको थियो।  

दुई अंक जोडेको नेपाल तालिकाको पुच्छारमा छ । तेस्रो स्थानमा रहेको युगान्डाको चार र दोस्रो स्थानको नामिबियाको पनि समान चार अंकनै छ। 

हङकङ ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। नेपाल हिजो भएको खेलमा नामिबियासंग २३ रनले पराजित भएको थियो। युगान्डाले हकङलाई चार विकेटले नतिजा सुम्पियो। शीर्ष दुईमा रहने टिमले उपाधिका लागि खेल्नेछन्।

प्रतिक्रिया