नेपालगञ्ज : इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ ।
पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि पैगम्बर मोहम्मद साउदी अरबको मदिनामा गएका थिए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ ।
जगतको सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरू धर्मावलम्बी कम भए ।
अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।
इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेका उनको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज विभिन्न कार्यक्रम ¥याली, सभा लगायत कार्यक्रम गरिदैछ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिद लगायत स्थानमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार