काठमण्डौ : २०८२ सालको भदौ महिनासम्म २ फिल्मले मात्र नेपाली बक्सअफिसमा १० करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाइ गरेका छन् ।
नेपाली भाषाको फिल्म ‘ऊनको स्वीटर’ र हिन्दी भाषाको ‘सैयारा’ले मात्र नेपाली बजारमा यो उपलब्धि हासिल गरेका हुन् ।
विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’को लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख ३१ हजार ४१० रुपैयाँ ग्रस छ । यो फिल्मका ३ लाख ८७ हजार १७५ वटा टिकट बिक्री भएका छन् ।
बलिउड फिल्म ‘सैयारा’ दोस्रो स्थानमा छ जसले १० करोड १४ लाख ९२ हजार ६७४ रुपैयाँ ग्रस कमाइ गरेको छ । ‘सैयारा’का ३ लाख ३० हजार ६९८ वटा टिकट बिक्री भएका छन् ।
दशैंदेखि चैतसम्मै प्रतीक्षित फिल्मको लाइनअप रहेकाले ती फिल्मले पनि १० करोड भन्दा धेरै कमाउन सक्लान् त ? यो प्रतीक्षाको विषय हो ।
2025-09-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार