नेपालगञ्ज : बाँके युनेस्को क्लबले डिजिटल वित्त तथा लेखा व्यवस्थापन सम्बन्धी पाँच दिने तालिम बर्दियामा सम्पन्न गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरेको युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना अन्तर्गत सो तालिम आयोजना गरेको हो ।
युवाहरूको वित्तीय साक्षरता, डिजिटल वित्तीय ज्ञान तथा लेखा व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका १८ देखि २८ वर्ष उमेर समूहका १०० जना युवायुवतीहरूको सहभागिता रहेको थियो ।
सहभागीमध्ये ५० जना मधुवन नगरपालिका तथा ५० जना ठाकुरबाबा नगरपालिकाका युवा रहेका थिए ।
तालिमका सहजकर्ता विनय दिल लामाले अन्तरक्रियात्मक तथा समूहमा आधारित सिकाइ विधिमार्फत सहभागीहरूलाई व्यवहारिक लेखा व्यवस्थापन, डिजिटल वित्तीय उपकरणहरूको प्रभावकारी प्रयोग तथा जिम्मेवार वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा बाँके युनेस्को क्लबका परियोजना संयोजक राजकुमार खड्काले परियोजनाको उद्देश्य र युवाको आर्थिक सशक्तीकरणमा वित्तीय व्यवस्थापन सीपको महत्वबारे जानकारी गराएका थिए थियो भने फिल्ड अधिकृतहरू सुनिता चौधरी र सृजना थारुले कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहयोग गरेकी थिइन् ।
तालिमले युवाहरूमा पारदर्शी, जवाफदेही तथा दिगो वित्तीय अभ्यास विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । वित्तीय व्यवस्थापनका आवश्यक ज्ञान र सीप प्रदान गरेर युवाहरूलाई आत्मनिर्भर, उद्यमशील तथा आर्थिक रूपमा सशक्त बनाउन यति परियोजनाले निरन्तर सहयोग पु¥याउँदै आएको छ ।
सो तालिमले युवाहरूमा आर्थिक अनुशासन, डिजिटल वित्तीय सेवाको प्रयोग तथा उद्यम सञ्चालनका लागि आवश्यक लेखा व्यवस्थापन क्षमता विकास गरी स्थानीयस्तरमा नेतृत्व र उद्यमशीलता प्रवद्र्धन गर्ने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार