Listen LIVE

नेपाल र क्यानडा भिड्दै

काठमाण्डौ : त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजअन्तर्गत नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दैछ। 

क्यानडाको किङ सिटीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पहिलो हारको बदला लिने लक्ष्यसहित घरेलु टोलीविरुद्ध मैदान उत्रिन लागेको हो। 

खेल राति पौने १० बजे सुरु हुनेछ । क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल १४ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले ओमानविरुद्ध ३७ रनको जित निकालेको थियो। 

हिजो भएको खेलमा घरेलु टोली क्यानडा ओमानसँग ८ विकेटले पराजित भएको थियो। त्रिकोणात्मक सिरिजमा नेपालले भोलि ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया