Listen LIVE

एरिकाले अस्ट्रेलियामा जितिन् स्वर्ण

काठमाण्डौ : नेपाली कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् ।

एरिकाले ६८+ केजीमा स्वर्ण जितेको नेपाल कराते महासंघले जनाएको छ । एरिकाले दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

अप्रिल ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र ४ महिला खेलाडी सहभागी छन् । पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६८ केजीमाथि एरिका गुरुङ र ६१ केजीमुनि सविना श्रेष्ठ सहभागी भएका हुन् ।

प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, सहायक प्रशिक्षक र अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ रहेका छन् ।

प्रतिक्रिया