Listen LIVE

नेपालगञ्जमा अनियन्त्रित ट्रक घरमा ठोक्कियो

नेपालगञ्ज : नेपालगञ्जमा एक ट्रक अनियन्त्रित भएर घरमा ठोक्किएको छ । हाल सञ्चालित मालपोत कार्यालय भवनको सामुन्ने रहेको लेखापढी व्यवसायी बस्ने घरमा ट्रक अनियन्त्रित भएर ठोक्किएको हो ।

लु.प्र.०१–००१ ख १०५२ नम्बरको ट्रक अनियन्त्रित भएर घरमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । सिमेन्ट बोकेको उक्त ट्रक ३८ वर्षीय विरेन्द्र यादवले चलाएको खुल्न आएको छ ।

आज विदाको दिन रहेकोले मानवीयलगायत ठुलो क्षति हुन नपाएपनि घर समान्यरुपमा चर्किएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया