नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ ।
साउन १८ गते बिहान करिब ११ बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय राम फेरन कोरीको उपचारका क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा आज बिहान साढे ३ बजे उपचारकै क्रममा मृत्यु छ ।
मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
2026-08-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार