नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिका–९, ढकेरीमा आफ्नै पसलमा बसिरहेका दुई जनामाथि खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट कमल ओली गम्भीर घाइते भएका छन् भने राजकुमार ओलीको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
प्राप्त प्रारम्भिक विवरणअनुसार शुक्रबार साँझ राजकुमार ओली र कमल ओलीमाथि कोहलपुरका राजु बोहरा लगायतका व्यक्तिले खुकुरी प्रहार गरेका हुन्। घटनापछि स्थानीयले राजु बोहरालाई नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिने क्रममा उनलाई स्थानीयले कुटपिटसमेत गरेको बताइएको छ।
घटनामा संलग्न भनिएका अर्का एक व्यक्ति भने घटनास्थलबाट फरार भएको बताइएको छ। फरार व्यक्तिको खोजीका लागि प्रहरीले टोली परिचालन गरी खोजी तथा अनुसन्धान अघि बढाएको छ।
पसलमै बसेका व्यक्तिमाथि खुकुरी प्रहार भएपछि ढकेरी क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ। घटनाको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
घाइतेहरूको उपचार कोहलपुर मेडिकल कलेजमा सम्भब नभएपछि लखनउ पठाएको छ र घटनाको विस्तृत विवरणबारे प्रहरीले आधिकारिक जानकारी सार्वजनिक गर्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार