Listen LIVE

ट्वान्टी–२० विश्वकपमा ‘नेपाललाई भन्दा श्रीलंकालाई दबाब छ’

काठमाण्डौ : ट्वान्टी–२० विश्वकपमा आमने सामने हुँदा नेपाललाई भन्दा श्रीलंकालाई दबाब हुने कप्तान रोहित पौडेलले बताएका छन् । श्रीलंकाविरुद्ध मंगलबार (नेपालमा बुधबार बिहान) हुने खेल अगाडि रोहितले यस्तो भनाइ राखेका हुन् ।

श्रीलंका पहिलो दुई खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ । नेपाल पनि पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । एक साताको विश्रामपछि नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्न लागेको हो ।

सुपर ‘एट’ मा प्रवेशको समीकरणको हिसाबमा दुवै टोलीलाई हारको छुट छैन । श्रीलंकालाई नेपाल र नेदरल्यान्ड्सविरुद्धको बाँकी दुई खेलको विजय पनि दोस्रो चरणमा पुग्न पर्याप्त नहुन सक्छ ।

प्रतिक्रिया