नेपालगञ्ज : बंगालको खाडीमा विकास भइरहेको न्यूनचापीय प्रणालीका कारण सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै बाँके प्रशासनले पूर्वतयारी थप कडा बनाएको छ।
सम्भावित बाढी, डुबान, कटान र पहिरोको जोखिममा रहेका क्षेत्रको पहिचान गरी उद्धार तथा प्रतिकार्यका लागि जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए।
तामाङको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला मनसुन कमाण्ड पोस्टको समन्वय बैठकले सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तह, विषयगत कार्यालय र सुरक्षा निकायलाई थप तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।बैठकमा स्थानीय तहका विपद् सम्पर्क व्यक्ति, विषयगत कार्यालय, सुरक्षा निकाय, विपद् व्यवस्थापनमा क्रियाशील संघसंस्था तथा सञ्चारकर्मी सहभागी थिए।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सतर्कतासम्बन्धी सूचनाका आधारमा पूर्वतयारी भइरहेको तामाङले बताए।
…सम्भावित जोखिमलाई ध्यानमा राखेर सबै निकायलाई तयारी अवस्थामा राखेका छौँ,Ú उनले भने, …मौसमको अवस्था हेरेर आवश्यक परे तत्काल उद्धार र प्रतिकार्य गर्न सक्ने गरी समन्वय गरिएको छ।Ú
बैठकले जोखिमयुक्त बस्तीको अवस्था विश्लेषण गरी सुरक्षित आश्रयस्थल र खुला स्थानको व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरण तयारी अवस्थामा राख्नसमेत भनिएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका द्रुत प्रतिकार्य टोली -क्यूआरटी/आरआरटी) तयारी अवस्थामा राख्ने निर्णय भएको तामाङले बताए।
नेपाल रेडक्रस सोसाइटीलगायत विपद् व्यवस्थापनमा क्रियाशील संघसंस्थाले उद्धार तथा राहतमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्ने निर्णय भएको छ।
विद्युत्, खानेपानी र दूरसञ्चारलगायत अत्यावश्यक सेवा नियमित राख्न तथा मौसमसम्बन्धी सूचना सर्वसाधारणसम्म पु¥याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार