Listen LIVE

आज संसदबाट प्रचण्डको पाँचौ पटक विश्वासको परीक्षण हुँदै

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा आज विश्वासको मत लिँदै छन्।

संसद् भवन नयाँ बानेश्वरमा ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत माग्ने प्रस्ताव पेस हुनेछ। प्रधानमन्त्रीले प्रस्ताव राखेपछि दलीय आधारमा छलफल हुनेछ।

त्यसपछि प्रधानमन्त्री दाहालले सदनमा उठेका प्रश्नको जवाफ दिएपछि विश्वासको मत निर्णयार्थ पेस गर्ने कार्यतालिका छ। मत विभाजन प्रक्रिया सकिएपछि संसद् सचिवालयले मत परिणाम भोलि नै राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी दिने तयारी छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीले भोलि नै नयाँ सरकार गठनका लागि दाबी गर्दै राष्ट्रपतिलाई भेट्ने तयारी रहेको छ।

प्रतिक्रिया