काठमाण्डौ : सुनुवार (कोइँच) भाषाको गीत ‘टुङ्ना ताप्स्यो’को म्युजिक भिडियो सार्वजनिक सार्वजनिक गरिएको छ। शुक्रबार शंखमूलको एक होटलमा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा र वरिष्ठ संगीतकार शान्तिराम राईले सार्वजनिक गरेको यस गीतमा अमरदीप सुनुवारको रचना, रामकुमार पौडेलको संगीत र कल्पना सुनुवारको स्वर रहेको छ।
म्युजिक भिडियोमा सुनुवार जातिको परम्परागत तथा संस्कार संस्कृतिलाई देखाइएको छ। जहाँ सुनुवार युवा–युवतीहरू बजारमा भेटघाट भई नाचगान गरेर रमाइलो गरेको कथा देख्न सकिन्छ। भिडियोमा सुजन सुनुवार, कल्पना सुनुवार लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ।
गीतकार अमरदीप सुनुवार स्वयंले निर्माण गरेको यस भिडियोको निर्देशन पनि उनी आफैले गरेका छन्। उक्त गीत किङ्स स्टुडियोमा रेकर्ड भएको हो भने भिडियो निर्माण पी.आर. प्रोडक्सनले गरेको छ र छायांकन सनम तामाङले गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार