Listen LIVE

प्लेअफमा पुग्ने सपना लुम्बिनीको अधुरै

काठमाण्डौ :  नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले १८ रनले पराजित गरेको छ।  टस जितेर सुरूमा ब्याटिङमा उत्रिएको काठमाडौंले सबै विकेट गुमाएर १०३ रन बनायो।

१०४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले सबै विकेट गुमाएर ८५ रन बनायो। लुम्बिनीका लागि सन्दीप जोरा २६,  उन्मुक्त चन्द १४,कप्तान रोहित पौडेल आठ, टम मुर्स ६, आशुतोष घिरैया चार, अर्जुन साउद तीन, विवेक यादव दुई, रामोन सिमोण्ड, साद विन जफर शून्यमा आउट भए।

काठमाडौंका लागि करण केसी चार, दिपेश कंडेलल तीन, जेरार्ड इरासमसले दुई विकेट र रसिद खान एक विकेट लिए। काठमाडौंका लागि भीम सार्की ३१,  डान डौथवेट  २१ ,प्रतिक श्रेष्ठ २०,  स्टेफेन एस्किनाजी १३, साहव आलम ८, सुमित महर्जन चार,करण केसी,  जेराड इरासमस एक, रसिद खान, अभिशेग गौतम  माइकल लेभिट शून्य आउट भए।

लुम्बिनीका लागि साद विन जफर तीन, अभिशेष गौतम र रामोन सिमोण्ड समान दुई,  विवेक यादव र सुर्य तामाङले समान र एक एक विकेट लिए।

लुम्बिनीका लागि बुधबार छैटौं खेल थियो। प्लेअफको झिनो आस बोकेको लुम्बिनीलाई जितबाहेक अन्य विकल्प थिएन। गर या मरको स्थितिमा रहेको लुम्बिनी काठमाडौंविरुद्ध पराजय बेहोरेसँगै लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ।

प्रतिक्रिया