काठमाण्डौ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभाको हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको शानदार जितका लागि सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले टेलिफोन संवाद र आफ्नो आधिकारिक ‘एक्स’ ह्यान्डलमार्फत रास्वपाका सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग हार्दिक बधाई दिएका हुन् ।
निर्वाचनमा प्राप्त विजय र रास्वपाको सफलताका लागि दुवै नेतालाई बधाई दिँदै मोदीले आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गरेका छन् ।
उनले दुई देशको आपसी समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धतासमेत दोहो¥याएका छन् । “हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ लिनेमा म विश्वस्त छु,“ उनले उल्लेख गरेका छन् ।
यसैबीच, रास्वपाका सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान र साझा समृद्धिका आधारमा सुदृढ बनाउन पार्टी र सरकार प्रतिबद्ध रहने बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको बधाई सन्देशको प्रत्युत्तर दिँदै लामिछानेले नेपाली जनताको लोकतान्त्रिक जनादेशलाई सम्मान गरेकोमा आभार व्यक्त गरे ।
सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै रास्वपाले आफ्नो परराष्ट्र नीतिमा ‘विकास कूटनीति’ लाई प्राथमिकता दिने उल्लेख गरे ।
नेपालले भारतसँग कनेक्टिभिटी, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापार जस्ता क्षेत्रमा थप सहयोग सुदृढ गर्न चाहेको लामिछानेको भनाइ छ । दुई छिमेकीबीचको प्रवद्र्धित सहयोगले दुवै देशका जनताको उज्ज्वल भविष्य सुनिश्चित गर्न मद्दत पुग्ने उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार