काठमाण्डौ : युरोपियन च्याम्पियन्स लिगको प्लेअफमा रियल मड्रिडसँग ३–१ ले पराजित हुँदा म्यानचेष्टर सिटी प्रतियोगिताबाट बाहिरिएको छ।
गएराति घरेलु मैदानमा रियाललाई जिताउन फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। खेलभर रियाल हाबी भएपछि पेप ग्वार्डिओलाको सिटी दबाबमा रह्यो।
सन् २०१२ र २०१३ को सिजनपछि सिटीको च्याम्पियन्स लिगमा खराब प्रदर्शन गरेको हो। सिटी त्यसताका पनि समूह चरणबाटै बाहिरिएको थियो।
समग्रमा सिटी दुई लेगमा ६–३ ले पराजित भयो। पहिलो लेग घरेलु मैदानमा हुँदा पनि सिटी ३–२ ले पराजित भएको हो।
अब, रियालले अन्तिम १६ मा स्पेनकै एट्लेटिको मड्रिड वा जर्मनको बायर लेभरकुसेनविरुद्ध खेल्ने छ।
2025-02-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार