Listen LIVE

बर्दियामा सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक

बर्दिया : बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि बर्दियामा सञ्चालित सेफ फ्युचर परियोजनाको संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ । 

बैठकमा प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र र बौँके युनेस्को क्लबका सञ्चालक समिति सदस्य, कार्यकारी नेतृत्व, परियोजना व्यवस्थापक, प्राविधिक सल्लाहकार तथा परियोजना टोलीका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । 

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले परियोजनाको समग्र प्रगतिको समीक्षा गर्दै रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने र बालबालिका, किशोरकिशोरी तथा युवाहरूका लागि सुरक्षित, समावेशी र सशक्त भविष्य निर्माण गर्ने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने उद्देश्यले बैठक आयोजना गरिएको बताए ।

समीक्षा बैठकले परियोजनाले हासिल गरेका प्रमुख उपलब्धिहरू, कार्यान्वयनको प्रगति तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूको समीक्षा गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उनले जनाए ।

सहभागीहरूले कन्सोर्टियम साझेदारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने, सूचना तथा ज्ञान आदान–प्रदान प्रणाली सुदृढ गर्ने, परियोजना सुशासनलाई मजबुत बनाउने, समयमै गुणस्तरीय प्रतिवेदन तयार गर्ने तथा वित्तीय र प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा रचनात्मक छलफल गरेका थिए ।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले बैठकमा परियोजनाको प्रभावकारी अनुगमन, तथ्याङ्क व्यवस्थापन तथा प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ बनाउन  गुगल शिट्स लगायतका डिजिटल उपकरणहरूको प्रभावकारी उपयोगमा समेत विशेष जोड दिइएको बताए ।

उनका अनुसार आगामी कार्यदिशाका रूपमा बैठकले कन्सोर्टियम फोकल पर्सन तोक्ने, जिल्ला स्तरमा परियोजना अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा साझेदार संस्थाबीच नियमित समन्वय तथा समीक्षा बैठकलाई संस्थागत गर्ने निर्णय गरेको छ । 

यी निर्णयहरूले परियोजना कार्यान्वयनमा सहकार्य, पारदर्शिता, जवाफदेहिता तथा नवप्रवर्तनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

बैठकको समापनमा सबै साझेदार संस्थाहरूले दिगो, समावेशी तथा गुणस्तरीय परिणाम हासिल गर्न आपसी सहकार्य, साझा नेतृत्व र उत्तरदायित्वका साथ अघि बढ्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । साथै, सेफ फ्युचर परियोजना मार्फत परियोजना कार्यक्षेत्रका बालबालिका, किशोरकिशोरी तथा युवाहरूको जीवनस्तर, सुरक्षा र समग्र कल्याणमा सकारात्मक तथा दीर्घकालीन योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया