Listen LIVE

बैजनाथ पूर्ण ‘डिजिटल’ पालिकामा परिणत हुँदै

बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकाले आफ्नो सेवा सुविधालाई ‘डिजिटल’ बनाउन शुरु गरेको छ । बैजनाथले पालिकाको कार्यालयलाई मात्रै नभएर पालिकाभित्र रहेका आठै वटा वडाहरुलाई ‘डिजिटल’ बनाउन लागेको हो । जसअन्तर्गत बैजनाथ गाउँपालिकाका सबै वडाहरुमा ‘डिजिटल वडापत्र’ जडान गरिएको छ ।

बैजनाथले टेक वर्क ग्रुप अफ कम्पनी र निन्जा इफोसिसको ‘टेक्निकल’ सहयोगमा पालिकामा ‘डिजिटल नागरिक वडापत्र’ र वडाहरुमा ‘नागरिक वडापत्र’ जडान गरी संचालनमा ल्याएको हो । पालिकामा नागरिक वडापत्र जडान गर्ने कार्यक्रम पालिकाको १ नम्बर वडाबाट शुरु गरिएको छ । जसको उदघाटन बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र वडा नम्बर १ का अध्यक्ष रुपबहादुर मल्लले गरेका थिए ।

प्रतिक्रिया