Listen LIVE

कल्पनाको सातौं कृति 'अग्निस्पन्द' कविता सङग्रह बिमोचन

नेपालगञ्ज : 'कल्पना फाउण्डेशनको पहिचान, साहित्य सेवा हाम्रो अभियान' उद्देश्यका साथ कवि तथा गीतकार कल्पना पौडेल जिज्ञासुको सातौं कृति 'अग्निस्पन्द' कविता सङग्रह बिमोचन तथा 'विवश आमा' गीत सार्वजनिक भएको छ ।

कल्पना फाउण्डेशन नेपालको आयोजनामा फाउण्डेशनका सचिव लेकप्रकाश प्याकुरेलद्वारा सञ्चालित फउण्डेशनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा नेपालगञ्जमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रममा 'अग्निस्पन्द' कविता सङग्रह प्रमुख अतिथि कृष्णप्रसाद घिमिरे, बिशिष्ट अतिथि सनतकुमार रेग्मी, डा. जर्नादन आचार्य, नेरेन्द्र जंग पिटर, प्रलेस केन्द्रिय सचिव डा. हरि प्रसाद तिमिल्सिेना, प्राज्ञ सभा सदस्य महानन्द ढकाललगायतले बिमोचन गरेका थिए भने विवश आमा गीतको ब्यानरसहित अडियो गीत प्रमुख अतिथि कृष्णप्रसाद घिमिरले सार्वजनिक गरेका थिए ।

सो कार्यक्रममा नारी रत्न सम्मानबाट तारा रोकायालाई खादा लगाएर प्रमुख अतिथि र सभाध्यक्ष कल्पना पौडेल जिज्ञासुले सम्मान गरेकी थिइन् । यसै गरी कार्यक्रममा प्रमुख अतिथि घिमिरे, बिशिष्ट अतिथि रेग्मी, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, शिक्षाबिद् जीतबहादुर शाह, सुमित्रा न्यौपाने, डा. हरिप्रासद तिमिल्सिना, मीना बराल, पिटर, ममता रावत, बिष्णु पादुकालगायतले शुभकामना दिँदै 'अग्निस्पन्द' कविता सङग्रहबाट कविता वाचन गरेका गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि घिमिरे र आयुष्मा ढकाललाई मायाको चिनो कार्यक्रमकी अध्यक्ष पौडेलले प्रदान गरेकी थिइन् ।

कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बिपी अस्तु, भीम बहादुर शाही, नरेन्द्र स्वाँर, इन्द्रिरा गौतम, बोदराज प्याकुरेल, रचना पाठक, मनबहादुर बिक, भरतबहादुर रानाभाट, निरञ्जना चन्द निरु, नेपाल स्वय.सेवी रक्तदाता समाजकी अध्यक्ष दिला शाह, बिष्णुलाल कुमाल, सन्तोषी पुन, राजकुमार थारु, खडकबहादुर बोहरा, कृष्णमुरारी प्रसाद भट्ट, मन्दिरा निरौला प्याकुरेल, पवित्रा थापा, प्रकृति भुजेल, प्रियंका चौधरी लगायत साहित्यकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया