नेपालगञ्ज : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर मनाइन्छ ।
आजका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा तलाउमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) तथा रक्षासूत्र (डोरो) धारण गर्ने प्रचलन छ। यसै दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने चलनसमेत रहेको छ ।
तागाधारी समुदायले आफ्ना पुर्खा, ऋषि तथा महर्षिलाई सम्झँदै जल तथा तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पर्वका रूपमा पनि मनाउने गरिन्छ ।
जनैपूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाएर टुसा उमारेर बनाइएको विशेष परिकार क्वाँटी खाने प्रचलनसमेत रहेको छ ।
2026-08-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार