Listen LIVE

आज विश्वकर्मा पूजा गरिँदै

नेपालगञ्ज : आज असोज १ गते, देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित 'विश्वकर्मा पूजा' मनाइँदैछ । समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको जनविश्वास रहेकाले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ ।

आजको दिन उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले आ–आफ्ना मेशिनरी सामान तथा औजारहरूको सफाइ गरी विशेष पूजा गर्ने गर्दछन् ।

यस्तै, नयाँ सवारीसाधन खरिद गर्ने तथा भएका सवारीसाधनलाई काठमाडौँको भद्रकाली, दक्षिणकाली लगायत देशभरका विभिन्न शक्तिपीठहरूमा लगेर पूजा गर्नेहरूको मन्दिर परिसरमा बिहानैदेखि उल्लेख्य भिड लागेको छ ।

प्रतिक्रिया