खजुरा (बाँके) : नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार दिपक जिएमले संकल्प–पत्र सार्वजनिक गरेका छन् । खजुरामा आज आयोजित एक कार्यक्रमका बीच उनले आफू निर्वाचित भएपछि गर्ने कामहरुको फेहरिष्ट संकल्प–पत्रका रुपमा सार्वजनिक गरेका हुन् ।
जिएमले आफूले देखेका भोगेका समस्याहरुलाई पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै संकल्प–पत्र सार्वजनिक गरेका छन् । उनले पूर्वाधार विकास अन्तर्गत सडक तथा पुल, सिंचाई, खानेपानी, विद्युतीकरण, सूचना तथा सञ्चार, पर्यटकीय स्थल र बस्ती ब्यवस्थापन, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, आर्थिक विकासतर्फ कृषि तथा पशुपालन, संस्थागत विकास तथा सुशासन र वन वातावरण तथा विपद् व्यवस्थापनका मुद्दालाई समेटेका छन् ।
निर्वाचन परिचालन कमिटीका संयोजक राज कुमार विकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
2026-02-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार