Listen LIVE

इजरायली आक्रमण : गाजामा ३७ र सिरियामा ६ जनाको मृत्यु

काठमाण्डौ : इजरायली आक्रमणमा परी गाजामा थप ३७ प्यालेष्टिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा धेरै बालबालिका र महिला छन्। यस्तै इजरायलले सिरियामा पनि बमबारी जारी राखेको छ, जसमा कम्तीमा ६  जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

सिरियामा भएको आक्रमणको कतार र साउदी अरेबियाले निन्दा गरेका छन् । यसैबीच इजिप्टले इजरायल र हमासबीच युद्धविराम नवीकरण गर्ने प्रस्ताव गरेको छ, जसमा इजरायली बन्दीहरूको क्रमिक रिहाइ र घेराबन्दीमा परेको गाजा पट्टीबाट इजरायली सेनाको फिर्ता समावेश छ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट विस्थापित प्यालेष्टिनीलाई स्वागत गर्न इजिप्टलाई आह्वान गरेसँगै दबावमा रहेको उसको यस्तो योजना आएको हो।

प्रतिक्रिया