विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस–एमालेको गठबन्धन तत्काल नटुट्ने बताएका छन्।
मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले दुई ठूला दलको गठबन्धन तत्काल टुट्ने अवस्थामा नरहेको बताएका हुन्।
उनले भने, ‘दुई दलको अहिलेको गठबन्धन यसै टुट्दैन।’
नेता कोइरालाले सरकारको काममा भने आफू सन्तुष्ट नरहेको बताए। नेता कोइरालाले बहुमतसहितको सरकारले जनताको अपेक्षा र मर्मअनुसार काम गर्न नसकेको बताएका हुन्।
सरकारले असोज ११ र १२ गते गएको बाढीपहिरोबाट पीडित भएका जनताप्रति सरकारले ठोस काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘बाढीपहिरोबाट जनता मर्माहत भइरहँदा सरकारले प्रभावकारी उपस्थिति देखाउन नसक्नु दुःखद हो। पीडितहरुको रातह उद्धार र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गर्न सकेन। दुई वटा ठूला दलको सरकारबाट जनताले जुन अपेक्षा गरेका थिए, यसपटक त्यो हुन सकेन।’
यस्तै, नेता कोइरालाले संविधान संशोधनको विषयमा उठेका टिकाटिप्पणीलाई सम्बोधन गर्दै काम गर्नुपर्नेमा जोड दिए। उनले संविधान संशोधनजस्तो महत्वपूर्ण कार्यमा सरकारले काम गर्न सकेको बताए।
पत्रकारले कोशी प्रदेशमा मन्त्री चयन गर्न नसकेकोप्रति प्रश्न राखेकोमा उनले भने, ‘मैले मन्त्री बनाउने होइन। त्यो कुरा पार्टी सभापति शेरबहादुर देउवालाई सोध्नुहोला। उहाँलाई नै थाहा होला।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार