Listen LIVE

आशान्त शर्मा अभिनित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक

काठमाण्डौ : भदौ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘ताराहरू’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक मध्यमवर्गीय परिवारको कथा समेटिएको छ ।

निर्देशक आशान्त शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः सहरको निम्न मध्यमवर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ ।

फिल्ममा अन्य कलाकारका रुपमा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय छ ।

शीर्ष भूमिकामा देखिएका आशान्तले दाम्पत्य सम्बन्धलाई खुसी राख्न गर्ने संघर्षको कथा यसमा छ । आर्थिक समस्याले ल्याउने पारिवारिक विचलनको कथा पनि यसमा छ ।

गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो ।

प्रतिक्रिया