काठमाण्डौ : अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान आगामी फिल्म ‘महादशा’को शीर्ष कलाकारमा अनुबन्धित भएका छन् ।
यी दुई एक्टरसँग निर्माताले लिखित सम्झौता गरेको प्रेषित विवरणमा जनाइएको छ । यी दुई कलाकार कालजयी फिल्म ‘दक्षिणा’को जोडीको रुपमा अहिले पनि लोकप्रिय छन् ।
यी दुई कलाकारको कास्टिङबारे निर्माताले भनेका छन्, ‘पछिल्ला केही वर्षमा नेपाली चलचित्र उद्योगमा उतारचढाव आइरहेका बेला ठूलो नाम र अनुभव भएका कलाकारको आगमनले दर्शकलाई फेरि हलसम्म तान्ने अपेक्षा गरिएको छ ।’
यी दुईजनाले पछिल्लो पटक सन् २००४ मा रिलिज भएको फिल्म ‘सन्तान’मा एकसाथ अभिनय गरेका थिए । गतवर्ष काठमाडौंमा एक म्युजिक भिडियोमा अभिनय पनि गरेका थिए ।
निर्मातासमेत रहेका किरण नेपालीको डेब्यू निर्देशन रहने यो फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्ने जनाइएको छ ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मबाट चर्चित हिपहप कलाकार हाकिम गुरुङले पनि अभिनयमा डेब्यू गर्नेछन् । यीबाहेक प्रमोद अग्रहरि र प्रेमा लामगाढे पनि छन् ।
मनिष गौतमको पटकथा रहेको फिल्ममा राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन् । लामो समय प्राविधिक पक्ष र निर्माण नियन्त्रणमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताको रुपमा हुने जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार