काठमाडौँ । प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र
नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा गार्डको साथबाट
हतियार र १०० राउण्ड गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले प्रसाईँका सुरक्षा गार्ड दीपक खड्कालाई राम शाहपथस्थित सर्वोच्च अदालतबाट पक्राउ गरिएको जनकारी दिए ।

यस्तै उनीसँगै प्रहरीले राजकुमार धिमाललाई पनि
पक्राउ गरेको छ । खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद भएको
अधिकारीले जानकारी दिए । यस्तै त्यसमा लाग्ने १०० थान गोली बरामद भएको उनको भनाइ छ
। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
2024-03-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार