सल्यान : सल्यानको जिल्लास्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले हात पारेको छ । उक्त खेलकुद प्रतियोगितामा शारदा नगरपालिकाले १५ स्वर्ण ७ रजत र ५ कांस्य हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
यस्तै ११ स्वर्ण ४ रजत र १२ काँस्य हात पार्दै छत्रेश्वरी गाउँपालिका दोस्रो स्थान हासिल गर्न सफल भएको छ। भने १० स्वर्ण ३ रजत र ३ काँस्य हात पार्दै कुमाख गाउँपालिका तेस्रो स्थान हासिल गर्न भएको छ । ६ स्वर्ण १२ रजत र ६ काँस्यसहित कपुरकोट गाउँपालिका चौथो स्थान हासिल गर्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्क आचार्यले जानकारी दिए । उनका अनुसार बागचौर नगरपालिका ३ स्वर्ण ५ रजत र ७ काँस्य त्रिवेणी गाउँपालिकाको २ स्वर्ण ३ काँस्य र ६ रजत, सिद्ध कुमाख गाउँपालिका १ स्वर्ण १ रजत र ११ काँस्य बनगाड कुपिण्डे नगरपालिका १ स्वर्ण १ रजत र ४ काँस्य, कालीमाटी गाउँपालिका ० स्वर्ण १० रजत र १० काँस्य र दार्मा गाउँ पालिकाले प्राप्त गरेका छन् ।
यस्तै विभिन्न विधाका खेलमा उत्कृष्ट खेलाडी छनोट भएका छन् । भलिबलमा छात्रातर्फ लक्ष्मी बिक र रोहित शाही छन् यी दुबै खेलाडी कुमाख गाउँपालिकाका हुन् । यस्तै कबड्डीतर्फ छात्र सुरेश सिंह बनगाड नगरपालिका र छात्रातर्फ बिन्दु घर्ती छत्रेश्वरी गाउँपालिकाका हुन् ।
यस्तै एथलेटिक्सतर्फ छात्र राजेश केसी शारदा नगरपालिका र छात्रातर्फ सिर्जना बिक कुमाख गाउँपालिकाका छन् भने तेक्वान्दोतर्फ छात्र प्रमोद बुढाथोकी र छात्रा डिला बि.क. छन् यी दुबै खेलाडी शारदा नगरपालिकाका हुन् ।
जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना र नारायण माध्यमिक विद्यालयको सह आयोजना तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा कुमाख गाउँपालिकाको वडा – २ र नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा १५ औं जिल्लास्तरीय राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिता गत १५ गतेदेखि सुरु भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार