जुम्ला : दलबहादुर कुँवर र कल्पना बुढाले छैठौं जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । ५१ किलोमिटर म्याराथन दुरी दलबहादुर कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन् ।
६ घण्टा ७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो हुँदा ६ घण्टा १० मिनेट ४ सेकेन्डमा दूरी पूरा गरेका सोमबहादुर रावत तेस्रो भए । ७ घण्टा ५१ मिनेट ३२ सेकेण्डमा दूरी पूरा गरी कल्पना बुढा महिलातर्फ विजेता बनेकी छन् । दोस्रो भएकी राज्यलक्ष्मी रावलले ८ घण्टा ४८ मिनेट ४१ सेकेण्डमा पार गरिन् ।
तृतीय भएकी सन्दिभा बुढाले ८ घण्टा ४६ मिनेट २ सेकेण्डमा ५१ किलोमिटर दूरी पूरा गरिन् । कर्णाली स्पोर्टस क्लब जुम्लाको आयोजना सम्पन्न अल्ट्रा म्याराथनमा पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले नगद १ लाख रुपैयाँ प्रमाणपत्र र मेडल पुरस्कार पाए । दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल पुरस्कार पाएका छन् ।
म्याराथन २ सय ३५० मिटर उचाइस्थित जुम्ला खलङ्गा बजारबाट सुरु भएर जुम्लाको सदरमुकाम खलङ्गाको बाल मन्दिरदेखि सुरु भएर चेरे, खाली, न्याउरी घाट, चौथा, डाब, चुचेमारा हुँदै रारा तालक्षेत्रको २ हजार ९ सय ८० मिटर उचाइमा पुगेर समापन भएको थियो । जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिमा अन्तिम आउने व्यक्ति साझ ७ बजेर २८ मिनेटमा फिनिसिङ्ग पोइन्टमा पुगेका थिए ।
यस्तै १० किलोमिटरका पुरुषतर्फ प्रथम हरि बोहोरा भएका छन् भने दोस्रो दिपेन्द्र बुढा र तृतीय महेन्द्र कठायत भएका थिए । यस्तै महिलातर्फ प्रथम सङ्गीता बुढा, दोस्रो सुरेशा बुढा र तृतीय हिमाली भण्डारी भइन् । यसैगरी क्रमशः प्रथम हुनेलाई १० हजार नगद, स्वर्ण पदक प्रमाणपत्र, द्वितीय हुनेलाई ६ हजार नगद, सिल्भर पदक प्रमाणपत्र र तृतीय हुनेलाई ४ हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिएको छ ।
यता ५ किलोमिटर पुरुषतर्फ प्रथम पदमराज धिताल, दोस्रो नवीन चौधरी र तृतीय सरोज कटुवाल भएको आयोजक क्लबले जनाएको छ । यस्तै महिला तर्फ प्रथम विपना थारु, दोस्रो सुनिता हमला र तृतीय सुनिता शाही भएकी थिइन् । क्रमशः प्रथम हुनेलाई ५ हजार रुपैयाँ, स्वर्ण पदक, प्रमाणपत्र द्वितीय हुनेलाई ३ हजार नगद, सिल्भर पदक प्रमाणपत्र, र तृतीय हुनेलाई २ हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिएको थियो ।
यो वर्षको म्याराथनमा ५ सय ९१ जना धावक सहभागी थिए । अघिल्ला वर्षमा ४९ किलोमिटरमा भइरहेको थियो । जुम्ला रारा–अल्ट्रा म्याराथनमा ४ जना विदेशी खेलाडी सहभागी छन् । त्रिभुवन आर्मी क्लबबाट २ जना धावक सहभागी भएका छन् भने पोल्यान्ड, अमेरिका, फ्रान्स र भारतका १–१ जना गरेर ४ जना धावकले भाग लिएका हुन् ।
महअन्तर्गत ५ किलोमिटर र १० किलो मिटरको दौड भएको छ । ५ किलोमिटरमा १ सय ५५ जना र १० किलोमिटर दौडमा ३ सय ५५ जना खेलाडी सहभागी थिए । पाँचथर, काठमाडौं, नुवाकोट, चितवन, बाँके, सप्तरी लगायतका १० जिल्लाबाट खेलाडीहरू जुम्ला आइपुगेका छन्। म्याराथनमा देवीदत्त गण जुम्लाले स्वयंसेवकको भूमिका निभाएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार