Listen LIVE

अर्जेन्टिनामा विश्वको सबैभन्दा पुरानो डायनासोरको अवशेष फेला

एजेन्सी : अर्जेन्टिनाका वैज्ञानिकहरूले एन्डिज पर्वत क्षेत्रमा विश्वको सबैभन्दा पुरानो डायनोसर प्रजातिको हड्डी (अवशेष) फेला पारेको बताएका छन्। 

कोनिसेट अनुसन्धान निकायका अनुसार टोलीले उत्तरबखपश्चिम अर्जेन्टिनामा तीन हजार मिटर (नौ हजार ८४२ फिट) उचाइमा ह्वायराकुर्सर जागुएन्सिस नामक सानो लामो घाँटी भएको सरीसृपको लगभग पूर्ण कङ्काल फेला पारेको हो।

टोलीले डायनोसरको खोपडीको अंश, पुच्छरसम्म फैलिएको पूर्ण हाडहरूको स्तम्भ र अगाडिका र पछाडिका अङ्गहरू लगभग अक्षुण्ण अवस्थामा सङ्कलन गरेको कोनिसेटले जनाएको छ। यो खोज नेचर पत्रिकामा प्रकाशित भएको छ र शोधकर्ताहरूले यसले विकासको अध्ययनमा महत्त्वपूर्ण योगदान पु¥याउने बताएका छन्।

लेखक अगस्टिन मार्टिनेलीका अनुसार ह्वायराकुर्सरले करिब २३० देखि २२ करोड ५० लाख वर्षअघि पृथ्वीमा जीवन बिताएको अनुमान गरिएको छ। यसले यसलाई विश्वको सबैभन्दा पुराना डायनोसरमध्ये एक बनाएको छ।

यी प्रजातिहरू ट्रायासिक अवधिको अन्त्यसम्म बाँचेका थिए। यो समयमा पहिलो डायनोसर र स्तनपायीका पुर्खाहरू देखा पर्न थालेका थिए। शोधकर्ताहरूका अनुसार पत्ता लागेको ह्वायराकुर्सर जागुएन्सिस वयस्क अवस्थामा मात्र दुई मिटर लम्बाइको र करिब १८ किलोग्राम (४० पाउन्ड) तौलको थियो।

यो खोजले पृथ्वीको प्रारम्भिक जीवन र डायनोसरहरूको विकास क्रमबारे नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया