नेपालगञ्ज : बाँकेमा एक सशस्त्र प्रहरील हवल्दारले आत्महत्या गरेका छन् । बीओपी सुरक्षा गुल्म नरैनापुरमा कार्यरत सशस्त्र प्रहरी हवल्दार घनश्याम ढकालले आज विहान ब्यारेकभित्रै पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् ।
कैलाली घर भएका ढकाल विहान ९ बजे सबै जना सरसफाई गर्न बाहिर निस्केको बेलामा भित्र पसेर आत्महत्या गरेको बाँके प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिँह राठौरले जानकारी दिए । प्रहरीका अनुसार आत्महत्याको कारण बारे खुल्न सकेको छैन ।
2026-07-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार