Listen LIVE

युद्धविराम सम्झौता भएपनि रोकिएन गाजामा सैन्य गतिविधि, थप ४६ जनाको मृत्यु

एजेन्सी : इजरायली र प्यालेस्टिनी स्रोतहरूकाअनुसार जारी युद्धविराम सम्झौताको बाबजुद पनि इजरायल र हमासबीच गाजामा सैन्य गतिविधि बढ्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ। इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ कि दिनको शुरुवातमा हमासको आक्रमणमा आफ्ना दुई सैनिक मारिएका छन्।

इजरायली रक्षा बलकाअनुसार घटनाको क्रममा हमासले दक्षिणी गाजा पट्टीको रफाहमा पूर्वाधार भत्काइरहेका इजरायली सेनामाथि एन्टी–ट्याङ्क मिसाइल प्रहार र गोलीबारी गरेको थियो। गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तिमा ४४ प्यालेस्टिनीहरू मारिएको बताएका छन्।

गाजा नागरिक रक्षाका प्रवक्ता महमूद बसालले फिल्ड क्रूहरूले २० भन्दा बढी संकटकालको कलहरूको जवाफ दिएको बताएका छन्। अमेरिकी प्रायोजनमा इजिप्ट, कतारी र टर्कीको मध्यस्थतामा भएको युद्धविराम सम्झौता अक्टोबर १० देखि लागू भएको छ।

सम्झौता अन्तर्गत, दुवै पक्षले शत्रुता अन्त्य गर्न, कैदी र बन्दीहरूको आदानप्रदान गर्न, एन्क्लेभका केही क्षेत्रहरूबाट इजरायली सेना फिर्ता लिन र चिकित्सा र राहत टोलीहरूलाई आफ्नो सञ्चालन पुनः शुरु गर्न अनुमति दिन मानवीय सहायता र इन्धनको प्रवेश गर्न प्रतिवद्ध रहेको बताएका छन्।

यद्यपि यी प्रतिवद्धताहरूको बाबजुद इजरायल र हमास दुवैले एकअर्कालाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया